bardiyahospital

बर्दियामा सम्बन्ध विच्छेदको बढ्दै 

एकैदिन १२ सम्बन्ध  विच्छेदको मुद्दा दर्ता 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा सम्बन्ध विच्छेदको  बढ्दै गएको छ । पारिवारिक कलह र घरेलु हिंसाले  गर्दा सम्बन्ध विच्छेदको सङ्ख्या बढ्दै गएको हो ।

विवाहले  पुरुष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा  जोड्ने काम गर्छ । भने  सम्बन्ध विच्छेदले सोही श्रीमान, श्रीमती बीचको नाता सम्बन्ध तोड्ने काम गर्छ । स्पष्ट रुपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरूप पति पत्नीबीचको नाता सम्बन्धको त्याग पत्र नै सम्बन्ध विच्छेद हो । 

cld

बर्दिया जिल्ला अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ४ सय  १३  आर्थिक  वर्ष २०८०/०८१ मा ४ सय ४४, आर्थिक वर्ष २०७९/०८० मा ४ सय १५ , र आर्थिक वर्ष  २०७८/०७९ मा २ सय २४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको अदालतकी शाखा अधिकृत अमृत केसीले बताउनु भयो  र उहाँले भन्नुभयो, ‘ अदालतमा दर्ता भएका चार सय नौ मुद्दा मध्ये तीन सय ५६ मुद्दा फछर्यौट भएको छ । भने ५७ मुद्दा विचाराधीनमा अवस्थामा रहेको छ । ’

अदालत श्रेस्तेदार कपिल पौड्यालले अदालतमा आउने सम्बन्ध विच्छेदमा मुद्दामा  मध्ये अधिकांश घरेलु हिंसा, पारिवारिक झैँझगडा, रक्सी सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने, श्रीमती र छोराछोरीको रेखदेख नगर्ने, अतिरिक्त प्रेम सम्बन्ध भएको  कारणले गर्दा हुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ सम्बन्ध विच्छेदमा मुद्दा लिएर आउनेलाई सकेसम्म मिलेर बस्न पहल गर्ने गरिएको छ । सम्बन्ध विच्छेदले परिवार टुक्राउने भएकाले मिलेर बस्न पहल गर्ने गरेको छौँ । मिलापत्र हुन सकेमा कानुनले तोके नियम अनुसारको समय सम्बन्ध विच्छेदको मुद्दामा एक वर्ष लाग्ने गरेको छ । ’ उहाँले  सम्बन्ध विच्छेदको मुद्दामा मिलापत्र गरेर आएमा तत्काल मुद्दा टुङ्गो लाग्ने  गरेको जानकारी दिनुभयो । 

बर्दिया जिल्ला अदालत बार एशोसिएसनका निवर्तमान अध्यक्ष  कमलप्रसाद पाण्डेले कम उमेरमा बालविवाह गरेको दम्पती नै बढी सम्बन्ध बिच्छेदका  लागि आउने गरेको बताउनु भयो । उहाँले  भन्नुभयो, ‘ सम्बन्ध बिच्छेदका  लागि आउनेहरू मध्ये अधिकांश ३० वर्ष भन्दा मुनिका बढी रहेको छन् । व्यक्तिगत स्वतन्त्रता, वैदेशिक रोजगार, सामाजिक सञ्जालको बढ्दो प्रयोग, आर्थिक विपन्नता, शिक्षाको कमी पारिवारिक अविश्वासले सम्बन्ध विच्छेदको घटना बढी रहको छ ।

एकैदिन १२ सम्बन्ध  विच्छेदको मुद्दा दर्ता 

बर्दिया जिल्ला अदालतमा १२ सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ । साउन ११ गते अदालतमा १२ सम्बन्ध  विच्छेदको मुद्दा दर्ता भएको हो । 

अदालतमा दर्ता हुन आएका १३ देवानी मुद्दा मध्ये १२ सम्बन्ध विच्छेदको मुद्दाको मुद्दा भएको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ अदालतमा दर्ता भएका मध्ये आधिकांश मुद्दा सम्बन्ध विच्छेदको मुद्दा रहेको छ ।’  

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.