bardiyahospital

मुद्दा फैसलामा उच्च सफलता

Geruwa GIF

कृष्णसार अनलाइन । जिल्ला अदालत बर्दियाले मुद्दा फैसला तथा न्याय सम्पादनमा उच्च सफलता हासिल गरेको छ । अदालतले आर्थिक वर्ष ०८१/८२ मा १ हजार ७ सय १७ मुद्दा फैसला तथा न्याय सम्पादन गरी उच्च सफलता प्राप्त गरेको हो ।

जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८१/०८२ मा २ हजार २ सय ५३ ओटा मुद्दा रहेका थिए । जसमा १ हजार ४ सय ५० नयाँ दर्ता भएको मुद्दा थिए भने बाँकी ८ सय ३ मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका थिए । १ हजार ७ सय १७ मुद्दा फैसला भएको र बाँकी ५ सय ३६ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको अदालतका स्रेस्तेदार कपिल पौड्यालले बताउनु भयो ।

cld

अदालतमा गत आर्थिक वर्ष २०८०/०८१ मा १ हजार १ सय १३ ओटा मुद्दा रहेको थिए । जसमध्ये १ हजार ३ सय ९५ नयाँ मुद्दा दर्ता भएको थियो भने बाँकी ७ सय १८ मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको थियो । १ हजार ३ सय १० मुद्दा फैसला भएको र बाँकी ८ सय ६ मुद्दाको जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार पौड्यालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ जिल्ला अदालतमा हाल १८ महिना देखि दुई वर्षभित्रका मुद्दा र दुई वर्ष नाघेको मुद्दा छैनन् ।’

अदालतमा दुई जना न्यायाधीश रहनु भएको छ । अदालतमा सफ्टवेयर प्रणाली मार्फत मुद्दाको पेशी तोकिने गरिएको छ । फरक मुद्दा व्यवस्थापनको प्रभावकारी कार्यान्वयनले गर्दा अदालतले मुद्दा फैसलामा उच्च सफलता हासिल गर्न सफल भएको हो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.