bardiyahospital

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री वितरण

Geruwa GIF

दलबहादुर सुनार, बढैयाताल । बर्दियामा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ ।

राजापुर नगरपालिका – ८ का विशेष थारूलाई तीनपाङ्ग्रे साइकलमा चढाएर निःशुल्क सहायक सामग्री वितरण कार्यक्रमको उद्‌घाटन गरिएको थियो ।   सामग्री वितरण कार्यक्रम बोल्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अपाङ्गता भएका व्यक्तिको सवाल साझा र संवेदनशील भएको बताउनु भयो ।

cld

‘सहायक सामग्रीको अभावका कारण अब कोही पनि अपाङ्गता भएका व्यक्ति दुःख भोग्न नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको छ ।’उहाँले भन्नुभयो, ‘अपाङ्गताको क्षेत्रमा काम गर्नु भनेको मानव सेवाको पुण्य कमाउनु हो ।’

मन्त्री तिमिल्सिनाले आफू सामाजिक विकास मन्त्रीको भूमिकामा रहँदा कुनै दलको मात्र नभई समग्र लुम्बिनी प्रदेशका जनताको साझा प्रतिनिधि भएको बताउँदै बर्दियाली जनताको शिर झुक्न नदिने गरि जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

 शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ५ वटा तीनपाङ्ग्रे साइकल, ४ वटा ह्विलचेयरमा, १ ट्वाइलेट चियर , ६ जना लाई बैसाखी र २ जना लाई वाकर , त्यस्तै, १० जना दृष्टिविहीनलाई सेतो छडी तथा ३ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई प्रविधिमैत्री कम्प्युटर प्रदान गरिएको बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाको  जानकारी दिनुभयो ।

कार्यक्रममा  सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख उद्धवप्रसाद श्रेष्ठ बढैयाताल गाउँपालिकाका वडा अध्यक्षहरू, सामाजिक अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । सहायक सामग्री वितरण कार्यक्रम अपाङ्गता सशक्तीकरण तथा सञ्चार केन्द्र (डेक) नेपालको आयोजना र बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रको सहकार्य सहायक सामग्री वितरण गरिएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.