
प्रकाश पौडेल, गुलरिया । ठाकुरबाबा नगरपालिका – ९ हात्तीसार नजिकको खौराहा खोलामा गोहीको आक्रमणबाट बेपत्ता भएका मधुवन नगरपालिका, १ कैलाशीका १९ वर्षीय रूपमिलन थारूको फेला पारेको छ ।
मङ्गलबार साँझ करिब ५ बजेतिर खौराहा खोलामा तीन जना साथीहरू पौडी खेल्न गएका थिए । जसमध्ये थारूलाई गोहीले आक्रमण गरेको थियो । घटना लगतै निकुञ्ज, नेपाली सेना, चोरी सिकारी नियन्त्रण युवा परिचालन समिति र स्थानीयले खोजी गरेको थिए । तर थारूको शव फेला परेको थिएन । निकुञ्जले थारूको खोजी गर्नका लागि हात्ती समेत प्रयोग गर्दा पनि फेला परेको थिएन ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणी पौडेलले बेपत्ता भएका थारूको शव घटना स्थलबाट दुई किलोमिटर टाढा कैलाशी गाउँ नजिकको खौराहामा खोलामा फेला परेका बताउनु भयो । उहाँले भन्नुभयो, ‘मृतकको बर्दिया अस्पताल गुलरियामा आज पोष्टमार्टम हुनेछ ।’


