bardiyahospital

गीत सङ्गीतमा रमाउँदा रमाउँदै थापाले खोले हाउस अफ म्युजिक

Geruwa GIF

कृष्णसार अनलाइन । गीत सङ्गीतमा रमाउने अभिषेक थापा प्रायः सांस्कृतिक कार्यक्रममा देखिन्छन् । थापा कहिले गीत आउँदै, कहिले गितार बजाउँदै भेटिन्छन् । उनले समूहले गीत सङ्गीतको प्रस्तृती दिदाँ कार्यक्रममा सहभागी हुनेहरू रमाइ रहेको हुन्छन् ।

गीत सङ्गीत र सांस्कृतिक कार्यक्रम रमाउने थापालाई बर्दियामा म्युजिक सम्बन्धी बाजा किन्न पाइने पसलको अभाव देखे । अनि गुलरियामा म्युजिक अफ हाउस खोले ।  पछिल्लो समय युवापुस्ताहरू गितार प्रति मोह बढ्दै गएको छ । र गितार किन्नका लागि नेपालगञ्ज वा अन्य ठाउँमा जानुमा पर्ने बाध्यता थियो । त्यसलाई मध्य नजर गर्दै खोलेको हाउस अफ म्युजिक थापाले बताए ।

cld

उनले भने, ‘ प्रायः मानिस एक्लै हुँदा के गरूँ कसो गरूँ हुन्छ । त्यस्तो बेलामा गीत सङ्गीतमा भुल्न सक्यो भने पनि एक प्रकारको आनन्द प्राप्त हुन्छ । गीत मन नपराउने मानिस कम होलान् । उमेर रुचि अनुसार गीत सङ्गीतका पारखी फरक हुन सक्छन् । त्यसलाई मध्ये नजर गरेर म्युजिक अफ हाउस खोलको हुँ ।’

युवा पुस्ता सम्भावनाको खोजीमा विभिन्न ठाउँमा गएका छन् । तर थापा जन्मभूमिमा नै भने यहीँ केही गर्नुपर्छ भनेर लागेका छन् । आफ्नो रूचि पनि मिल्ने बर्दिया कसैले नगरेको व्यवसाय गर्ने उद्देश्यले म्युजिक हाउस खोलिएको  थाहाले बताए । उनले भने,‘  म्युजिक अफ हाउसलाई सबै खाले बाजा पाइने ठाँउको रुपमा विकास गर्न खोजेको छु । मैले गितार, मादल हारमुनियम देखि लिएर नेपाली लोकबाजा पञ्चेबाजा राखे लक्ष्य लिएको छु । अब कस्ता बाजाको माग हुन्छ, त्यही अनुसार बाजा ल्याउने छु ।

विद्यालय मठमन्दिर, चर्च लगायत  बाजागाजाको माग भइरहने समयमा घरदैलोबाट नै सेवा दिने उद्देश्यले थापाले शहीद यमलाल लामिछाने चोक नजिक हाउस अफ म्युजिक खोलेको जानकारी दिए ।  हाउस अफ म्युजिकमा गितार राख्ने झोला र गितारको तार लगायतका अन्य बाजाको लागि आवश्यक पर्ने सामाग्री राखिएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.