bardiyahospital

राज्य

Geruwa GIF

सुशिल ज्ञवाली । गाउँ  घरमा हरेक किसानहरूले ट्याक्टर ले जोतेर हेलिकप्टर बाट बिउ छर्छन्। राज्यले किसानहरूलाई प्रति बिघा २० बोरा मल सिजन पिच्छे अनुदान दिदैँछ ।  मेडिकल कलेजहरूमा डाक्टरी पढ्न लाग्ने खर्च सबै राज्यले ब्यहोरेको पनि मासिक ५० हजार प्रति विद्यार्थी छात्र वृत्ति दिइरहेको छ ।

 विलासिताबाट सामाग्री तथा साधन आयात मा -५० % कर छ, यसको अर्थ हो राज्यले ५०% रकम थप आफै दिने गर्दछ । उपचार खर्चमा नीजि अस्पतालमा समेत निशुल्क सुविधा गराइएको छ ।अझ बिरामी र कुरुवा अस्पताल बसे बापत राज्यले दैनिक भत्ता र आतेजाते यातायात खर्च समेत दिने ब्यवस्था गरेको छ । 

cld

विवाह गर्न र सन्तान जन्माउन राज्यले प्रोत्साहन गरेको छ । कसैलाई केही गुनासो भए सिधै प्रधानमन्त्री सङ्ग कुरा राख्ने ब्यवस्था गरेको छ । कसैको घरमा चोरी हुदैन , बाढी पस्दैन , प्रतिव्यक्ति आय ३ हजार डलर मासिक छ। घरमा पानी देखि तेल सम्म र कपडा देखि इन्धन सम्म सबै राज्यले बेहोर्छ । 

हरेक व्यक्ति आफ्नो जीवनमा कम्तिमा २ पटक अन्तराष्ट्रिय भ्रमण अनिवार्य जाने ब्यवस्था गरेको छ, यसको सबै रकम राज्यले बेहोर्छ। कोही कसैबाट ठगिएको छ ।  भने त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ।

 अठार वर्ष माथिका युवालाई आफू अनुकुल आफ्नो जीवनमा योग्यता अनुरूप को जागिर छानेर गर्ने र मन नपरे कम्तिमा ३ पटकसम्म जागिर फेर्न पाउने ब्यवस्था राज्यले गरेको छ । यस्ता कयौँ विषय छन है हाम्रो देशमा। 

अनि यस्तो राज्यमा एउटा कैदीलाई किन सुविधा नदिएर किन मानव अधिकार उल्लङ्घन गरेको होला सरकारले ? भनेर हामी गफ गर्दै थियौ । 

अनि एक्कासि सपनाबाट  ब्युँझेका त बुवाले ‘बाबु ४० बोरा मल आएको छ ।’ भन्नुभयो, ‘करिब ३०० लाइन छ रे, जा छिटो लाइन लाग्न पो भन्नुहुन्छ त ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.