
कृष्णसार अनलाइन । बर्दियामा वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका– १२ भैँसाहीकी ४० वर्षीया जगतरानी थारूको मृत्यु भएको हो ।
शुक्रबार साँझ ३ बजे घरबाट करिब २ किलोमिटरको दूरीमा रहेको धानबारीमा धान गोड्न गएकी थारू बेपत्ता हुनु भएको थियो । थारुको शव आज मध्यान्ह करिब १२ बजेतिर भैँसाही गाउँस्थित धान खेती नजिकको उखुबारीबाट शरीरबाट टाउको छुटिएको अवस्थामा फेला पारेको मृतकका भदैइ अशोक थारूले बताउनु भयो ।

जगतरानीको छातीभन्दा माथिल्लो र टाउको आधा भाग खाएको अवस्थामा फेला परेको गुलरिया गुलरिया–१२ का श्रीकृष्ण थारूको बताउनु भयो । उहाँले भन्नुभयो, ‘गुलरिया नगरपालिका नगरपालिका–१२ मा रहेको कुम्भर महिला सामुदायिक वन, केदुवाई सामुदायिक र मैनहिया सामुदायिक वनमा दैनिक जस्तोबाघ देखिन थालेको छ । जसका कारण समुदायमा त्रस फैलिएको छ । बालबालिकालाई विद्यालय आउजाउ गर्न समेत जोखिम बढेको छ ।’
डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत एवं सूचना अधिकारी रामकुमार थारूले जगतरानीको मृत्यु बाघ वा चितुवाको आक्रमण भएको आशंका व्यक्त गर्नु भयो । उहाँले , ‘घटनास्थलमा देखिएको पन्जा हेर्दा चितुवाजस्तो देखिए स्पष्ट खुलेको छैन ।’


