bardiyahospital

ठाकुरबाबामा लाखे जात्रा

Geruwa GIF

कृष्णसार अनलाइन । ठाकुरबाबा नगरपालिकाको सांस्कृतिक सम्पदाको रुपमा रहेको लाखे जात्रा मनाइएको छ ।  

पालिका वि.स  २०२८ सालबाट  कर्मलागाँउका घर्ती , थारू , परियार  लगायतको सिङ्गो कर्मलागाँउले सुरुवात भएको थियो ।  लाखे जात्रा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान मार्फत पालिकाले सांस्कृतिक सम्पदाको रुपमा अपनत्व ग्रहण गरेको प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले बताउनु भयो ।

cld

उहाँले भन्नुभयो, ‘ यात्रा सफल बनाउन जात्रामा सहभागी हुनु हुने देउडा समूह ,  हुड्के नाच समूह , मगर सङ्घको  पञ्चेबाजा , नेवा देव  दबु  र  अर्मला  को लाखे समूहको योगदान रहेको छ ।

 नगरप्रमुख तिलक लम्सालले पालिकाको सांस्कृतिक सम्पदाको रुपमा रहेको लाखे जात्रा भव्य रुपमा सम्पन्न भएको बताउनु भयो । उहाँले यस्ता सांस्कृतिक सम्पदा जग्रेना गर्न महत्वपूर्ण योगदान गर्ने कलाकार तथा  ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान टिम धन्यवाद समेत व्यक्त गर्नु भएको छ । 

नगर उपप्रमुख बिना भट्टराईले हजारौको  उपस्थिति ,मौलिक बाजागाजाका साथमा , हाम्रो पहिचान हाम्रो संस्कृति सहित लाखेजात्रा निकालिएको बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.