
कृष्णसार अनलाइन । बर्दियामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ५, बिन्द्राकी १७ वर्षीया मिनुरानी परियारको सर्पको टोकाइबाट मृत्यु भएको छ।
घरमा सुतिरहेको अवस्थामा शुक्रबार राति साढे ३ बजेतिर बायाँ हातको बूढी औँलामा सर्पले टोकेको थियो। परियारको उपचारका क्रममा बर्दिया अस्पताल गुलरियामा शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनु भयो ।

मृतकको पोस्टमार्टम बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।


