bardiyahospital

पहाडी तथा तराई भूभागका मध्यम वर्षाको सम्भावना

Geruwa GIF

कृष्णसार अनलाइन । देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

cld

भने  आज राती मधेश प्रदेश, कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.