bardiyahospital

‘बर्दिया बुरहान’ दर्शकको रोजाइमा

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया गेरुवाको ओखरीया ( इन्टेक) मा छायाँङ्कन गरिएको ‘ बर्दिया बुरहान ’ बोलको गीत दर्शकको रोजाइमा पर्न थालेको छ । 

गेरुवाका उदयमान गायक रमेश पानसग्गा र गायिका समीक्षा चौधरीको सुमधुर आवाजमा रहेको छ । गीत आर.के.सी. डिजिटल प्रालिको आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको  छ । 

cld

दर्पण कुसुम्याको शब्द र संगीतमा रहेको गीतमा निर्देशन प्रदिप थारुको रहेको छ । गीतमा प्रेम भगोरिया , सन्दिप चौधरी, सञ्जु चौधरी, रामु चौधरी लगायतको साथ रहेको छ ।

विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा नेपालको बर्दियामा रहेको ‘ बुरहान वाइल्डरनेस क्याम्प ’ समेत परेको थियो । यो गीतले बुरहान क्षेत्रका साथै बर्दियाको गेरुवामा रहेको यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीय क्षेत्र प्रचारप्रसारमा थप टेवा पुग्ने गायक रमेश पानसग्गाले बताउनुभयो ।

प्रकृतिको अनुपम उपहार ओखरीया इन्टेकमा अधिकांश समय सुटिङ गरिएको ‘बर्दिया बुरहान’ बोलको गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा राखिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.