bardiyahospital

४८ लाखको अवैध इलेक्ट्रोनिक चुरोट बरामद

Geruwa GIF

कृष्णासार अनलाइन । बर्दियामा सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बराबरको अवैध चाइनिज इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ। मधुवन नगरपालिका –५ शक्तिपुरमा रहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बिओपीले ४८ लाख ५ हजार मूल्यको अवैध भेप बरामद गरेको हो।

सशस्त्र प्रहरीले गस्तीका क्रममा साइकलबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त भेप बरामद गरेको थियो। नायब निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा रहेको टोलीले उक्त अवैध इलेक्ट्रोनिक चुरोट बरामद गरेको हो।

cld

तस्करले सशस्त्र प्रहरी देख्‍नासाथ भेप र साइकल छाडेर भागेको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रतिबन्धित इलेक्ट्रोनिक चुरोट भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार राति १२ बजे प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताउनु भयो ।

स्पेसमेन एसपी ४०००० नामको चाइनिज चुरोट एक हजार ९२० वटा रहेको सशस्त्र प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो । ‘एउटा भेपको बजार मूल्य २ हजार ५ सय रहेको छ। बरामद गरिएको  चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ,’ उहाँले भन्नुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.