
_अन्जु स्मारिका
आस्था छ आमा तिमी मै मेरो अरु आधार के छ र ?

अन्यथा जिन्दगीमा रौनक के छ र ? आकार के छ र ?
अरे दुख सुनाउनलाई पनि मान्छेमा प्रेम चाहिन्छ प्रेम !!
ढुङ्गाको अघि आँसु बगाउनुको आखिर सार के छ र ?
यहाँ झुट बिक्छ मिसावट गरेर बरु छलकपट बिक्छ !!
निस्वार्थ मनलाई नै प्रश्न गर्छ दुनियाँ हजार के छ र ?
तिमीले जस्तो जवानीको विज्ञापन कहिलै गर्दिन म !!
मौन छु मौनता भन्दा ठूलो प्रेमको प्रचार के छ र ?
जिम्मेवारी बोकेको काँधहरूमा धाप मार्दैन कोही यहाँ !!
भन्छन् उन्मुक्त स्वतन्त्र देखिन्छ्यौ व्यवहार के छ र ?


