
प्रकाश पौडेल गुलरिया । बर्दियामा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन भएको छ। करदाता सेवा कार्यालयले लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको हो ।
करदाता सेवा कार्यालयले आयकर, बहालकर, व्याजकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट राजस्व सङ्कलन गर्ने गरेको छ । सरकारले ७८ करोड एक लाख ४७ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

करदाता सेवा कार्यालय बर्दियाले लक्ष्य भन्दा बढी ७९ करोड ६२ लाख ७७ हजार राजस्व सङ्कलन गरेको करदाता सेवा कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताउनु भयो ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ७२ करोड २८ लाख ४४ हजार राजस्व सङ्कलन लक्ष्य दिएको थियो । तर सो आर्थिक वर्षमा ५८ करोड १९ लाख ४४ हजार मात्र राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा २१ करोड ४३ लाख ३३ हजार बढी राजस्व सङ्कलन भएको छ ।
उहाँले भन्नुभयो, ‘कार्यालयलाई राजस्व सङ्कलनका लागि दिइएको जिम्मा भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।’


