bardiyahospital

राजापुर भन्सार कार्यालयले दुई करोड ३१ लाख राजस्व सङ्कलन गर्यो

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेको राजापुर भन्सार कार्यालयले दुई करोड ३१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ ।  कार्यालयले सरकारले दिएको लक्ष्य भन्दा  १६ लाख ८४ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । 

सरकारले आर्थिक वर्ष २०८१/०८२ मा २ करोड १४ लाख  १६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । भने लक्ष्य भन्दा बढी कार्यालयले दुई करोड ३१ लाख राजस्व सङ्कलन गर्न सफल भएको राजापुर भन्सार कार्यालय प्रमुख धनबहादुर शाहीले बताउनु भयो ।

cld

उहाँले भन्नुभयो, ‘कार्यालयलाई आर्थिक वर्ष २०८०/०८१ मा एक करोड २८ लाख १२ हजार राजस्व सङ्कलन लक्ष्य दिएको थियो ।  कार्यालयले सरकारले दिएको लक्ष्य भन्दा बढी एक करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भने आर्थिक वर्ष २०८२/०८३ मा तीन करोड एक लाख ६३ हजार राजस्व सङ्कलनको जिम्मा  दिएको छ ।’

भन्सार, अन्तशुल्क, भ्याट, भन्सार महशुल मूल्य अभिवृद्धिकर, भन्सार सेवा शुल्कबाट सङ्कलन भएको राजस्व, सवारी साधनको अस्थायी पैठारी, चोरी पैठारी माल बस्तुको लिलाम बिक्रीबाट प्राप्त राजस्वबाट सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.