
कृष्णसार अनलाइन । बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर ठाकुरबाबा नगरपालिका –१ भुरिगाउँका ३६ वर्षीय भिमलाल थारूको मृत्यु भएको हो ।
ठाकुरबाबा नगरपालिका- ७ सुन्दरपुरमा सुबिसुको नेट बनाउने क्रममा थारूलाई १ बजेर ४० मिनेटमा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका थारूलाई उपचारको लागि नगर अस्पताल भुरिगाउँमा लगिएको थियो । उपचारको क्रममा २ बजेर १० मिनेट थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो ।

मृतकको शव बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।


