bardiyahospital

प्रकृति प्रेमिका लागि आकर्षक गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । चुरे पर्वतदेखि तराइका फाँटसम्म फैलिएको छ । जता हेरे पनि हरियो मात्र देखिन्छ । त्यहीँ हरियालीको बीचमा ठूला ठूला घाँसे मैदान छ । घाँसे मैदानलाई छोएर बगेको छ कर्णालीको भँगालो । जहाँ विश्वका दुर्लभ पाटेबाघ, हात्ती, एकसिँगे गैँडा, लगायतका वन्यजन्तु बसोबास गर्दै आएका छन् । यहाँ पाइने दुर्लभ वन्यजन्तु र सुन्दर प्रकृति हेर्न वर्षेनी विश्वभरबाट पर्यटक आउँछन् । यो प्रकृति प्रेमिका लागि महत्वपूर्ण तीर्थ स्थल बर्दिया राष्ट्रिय निकुञ्ज हो । यहाँ प्रकृति प्रेमिहरू आउने गर्दछन्

cld

प्रकृति प्रेमिका लागि निकुञ्ज उद्यान हो । तीर्थ स्थल हो । जहाँ संसार भरका प्रकृति प्रेमी आउने गर्छन् । निकुञ्ज जैविक विविधताको संरक्षण गर्न स्थापना गरिएको हो । विश्वको पहिलो निकुञ्ज बनाउने देश अमेरिका हो । अमेरिकाले सन् १८७२ मा पहिलो पटक निकुञ्ज स्थापना गरेको थियो । विश्वको पहिलो निकुञ्ज एल्लोस्टोन राष्ट्रिय निकुञ्ज हो । भने आईयूसीएनका अनुसार सन् १९७४ मा स्थापना भएको संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पूर्वोतर ग्रिनल्यान्ड राष्ट्रिय निकुञ्ज हो । 

विश्वव्यापी मापदण्ड अनुसार अहिले छ हजार पाँच सय ५५ राष्ट्रिय निकुञ्ज रहेका छन । ती  निकुञ्ज मध्ये एक बर्दिया राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जैविक विविधताको हिसाबले यो निकुञ्ज निकै धनी मानिन्छ । निकुञ्जको इतिहास हेर्दा सुरुमा कर्णाली आरक्षको रुपमा स्थापना भएको थियो । यो निकुञ्ज विभिन्न कालखण्ड पार गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज बन्यो । पाटेबाघ संरक्षणमा विश्वलाई चकित बनाएर यो निकुञ्ज आज विश्वभर चर्चित छ । 

निकुञ्जको माथिल्लो भाग चुरे पर्वत तर्फ सल्लाको जङ्गल छ  भने तराइका भूभागमा साल र साजले ढाकेको छ । निकुञ्जले बीच बीचमा २२ वटा घाँसे मैदान वन्यजन्तुको लागि निर्माण गरेको छ । भने पानीको सहजताका लागि घाँसे मैदानमा बीचमा सोलार जडित पानी पोखरी निर्माण भएका छन् । तीनै घाँसे मैदानमा असङ्ख्य जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा चरिरहेको देख्न सकिन्छ । कहिलेकाँही घाँसे मैदान चरिरहेको हात्तीको बथान देख्न सकिन्छ । भने कहिले हात्ती कर्णाली नदीको पानीमा रमाइ रहेको देख्न सकिन्छ । साँच्चिकै अदभूत देखिन्छ, सयौँको सङ्ख्यामा चरिरहेको वन्यजन्तु ।  अनि तीनै वन्यजन्तु हेर्नका लागि निकुञ्जभित्र बनेका भ्यु टावर छन् । त्यहीँ भ्यु टावरमा बसेर स्वदेशी तथा विदेशी पर्यटकहरू वन्यजन्तुको गतिविधि हेर्छन् र चराको गीतहरू सुन्छन् अनि प्रकृतिको  आनन्द लिन्छन् । 

भ्यु टावरमा बसेर हेर्न सकिन्छ निकुञ्जको सौन्दर्य । तर निकुञ्ज प्रवेश गर्दा पहिले हामीले पालना गर्नुपर्ने केही नियमहरू छन् । त्यो नियम पालना नगरेका निकुञ्जले कारवाही समेत गर्न सक्छ ।  निकुञ्ज जाँदा होहल्ला नगर्ने । मदिरा र चुरोट वस्तु नलैजान । जंगलसँग मेलखाने कपडा लगाउनु पर्ने । निकुञ्जभित्र फोहर गर्न नपाइने । आफूले लगेको पानी तथा खाना राखेका भाडाहरु आफैँले फिर्ता ल्याउनु पर्र्ने हुन्छ । भने प्रकृति पद प्रर्दशक भने अनुसार नियमको पालना गर्नुपर्ने हुन्छ । निकुञ्ज प्रवेश गर्ने वितिकै निकुञ्जको सौन्दर्य देख्न सक्छौ । घाँसे मैदानमा पुगेपछि आफ्नै सुरमा चरिरहेका वन्यजन्तु देख्न सकिन्छ  ।

 मानिसलाई देख्ने वितिकै वन्यजन्तुहरु मानिसतिर हेर्छन् । अनि  कान हलाउँछन् । विभिन्न आवाज निकालेर आफ्नो साथीहरुलाई सचेत गराउँछन् । मानिस नजिक भए दौडिदै अल्लि टाढा जान्छन् ।  अनि फर्किएर मानिसतिर हेर्छन् । आफू सुरक्षित भएको महशुस गरेपछि फेरि घाँस खान मनमग्न हुन्छन् । आहारासँग रमाइ रहेका जरायो, चित्तल, लगुना, बाह्रसिङ्गालाई आहारा बनाउन विभिन्न समयमा वनको राजा पाटेबाघ पनि आउने गर्छ । यसरी प्रकृतिको निमय चलेको छ । प्राकृतिक चक्र चलेको छ ।  निकुञ्जभित्र कयौ सुन्दर वन्यजन्तु र चराहरु छन् । तर निकुञ्ज हेर्न आउने अंधिकाश पर्यटकको चाहना भनेको पाटेबाघ हेर्ने हुन्छ । 

सामाजिक सञ्जालमा पाटेबाघको आलोचना गर्ने , तिनै आलोचक पनि पाटेबाघ हेर्नका लागि ईच्छुक हुन्छन् ।  लालायित हुन्छन् । बाघ हेर्न जंगल जान डराउनेहरु पनि निकुञ्जभित्र रहेको समस्या ग्रस्त पाटेबाघ हेरेर फर्किन्छन् । निकुञ्ज घुम्नका लागि आर्थिक बर्ष २०८१/०८२ मा २८ हजार ६७ जना, आर्थिक बर्ष २०८०/०८१ मा २६ हजार एक सय ३१ जना र आर्थिक बर्ष २०७९/०८० मा २४ हजार तिन सय ९८ जना पर्यटक आए । निकुञ्जभित्र हुने जंगल सफारी, जंगल वाक गरे । कतिले वनको राजालाई देख्न पाए । भने  कतिले वनको राजा देख्न पाएनन् । 

नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा शक्ति संर्घष गर्दै बसेका छन्  एक सय २५ पाटेबाघ, एक सय ३० भन्दा बढी हात्ती , ३८ वटा एकसिँगे गैँडा , करिब एक सय बाह्रसिङे, पाँच सय १३ प्रजातिका चरा र करिब एक सय २० प्रजातिका माछा ५६ प्रजातिका स्तनधारी वन्यजन्तु,  घडियाल, मगर गोही, सोँस र डल्फिन निकुञ्जभित्र पाइने जैविक विविधता र निकुञ्जको सौन्दर्य हो ।  यहीँ सौन्दर्य हेर्न  विश्वभरबाट पर्यटक निकुञ्ज आउँछन् ।

निकुञ्जको काखमा पुगेपछि विश्वभरबाट आउने पर्यटकहरु चराको गीतसँग रमाउँछन् । प्रकृतिको काखमा एकछिन् निदाउँछन् । प्रकृतिसँग रमाउँछ । साँचै प्रकृति अदभूत छ । मनोरम छ । शान्त छ । सौम्य छ । सुन्दर छ । यहीँ सौन्दर्य हेर्न निकुञ्जमा पर्यटकको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । सम्भावनाको खानी रहेको बर्दिया प्रचारप्रसारको अभावको अझै ओझेलमा परेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.