bardiyahospital

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा नयाँ एक हजार एक सय ५३ उजुरी दर्ता 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।सत्यनिरूपण तथा मेलमिलाप आयोगमा बर्दियाबाट नयाँ एक हजार एक सय ५३ ओटा उजुरी  परेको छ ।नेपाल पत्रकार महासङ्घको आयोजनामा भएको पत्रकार सम्मेलन कार्यक्रममा  आयोगले बर्दियाबाट नयाँ एक हजार एक सय ५३ ओटा उजुरी  परेको जनाएको हो । 

आयोगमा जिल्ला सरकारी वकिल कार्यालय बर्दियाबाट चार सय २८ उजुरी तथा पीडित आफैँ गएर दर्ता गरेको सात सय २५ उजुरी गरी नयाँ एक हजार एक सय ५३ ओटा उजुरी  परेको  छ । बर्दिया द्वन्द्वकालमा सबैभन्दा बढी प्रभावित जिल्ला हो । बर्दियामा दुई ६१ जना व्यक्ति बेपत्ता भएको भनी  बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा उजुरी परेको छ ।  सत्यनिरूपण तथा मेलमिलाप आयोगले एक महिनाको सूचना प्रकाशन गरी द्वन्द्वकालका पीडितसँग सूचना माग गर्दा देशभरबाट करिब नयाँ १५ हजारको उजुरी परेको आयोगका आयुक्त डाक्टर टिकाप्रसाद ढकालले बताउनु भयो । 

cld

उहाँले भन्नुभयो, ‘ देशभरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी उजुरी पर्ने जिल्ला बर्दिया हो । बर्दियाबाट मात्र नयाँ र पुरानो गरी करिब तीन हजार उजुरी आयोगमा परेको छ । पछिल्लो समय जबरजस्ती करणी र यौनजन्य हिंसाको शिकार भएका महिला दिदीबहिनीको पनि उजुरी समेत आयोगमा परेको छ ।

बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले बर्दियाबाट बेपत्ता भएको भनी बर्दियाबाट दुई सय ५८ जना पुरानो र तीन वटा नयाँ गरी दुई सय ६१ वटा उजुरी परेका  बताउनु भयो । उहाँले उजुरी परेका मध्ये दुई सय ३१ जनाको परिवारलाई राहत पाइसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बेपत्ता परिवार मध्ये दुई सय २७ जनाको परिवारले राहत स्वरुप १० लाख रुपैयाँ प्राप्त गरेका छन् । भने  पाँच लाख पाउने दुई परिवार, आठ लाख पाउने, एक परिवार र तीन लाख पाउने एक परिवार रहेको छन् ।’

आयोगमा देशभरबाट नयाँ र पुरानो गरि ८० हजार उजुरी दर्ता भएका छन् 
 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.