bardiyahospital

नौ खेलाडी राखेर महिला टी-२० विश्वकप खेलाउन अनुमति

Geruwa GIF

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिना न्यूजिल्याण्डमा हुने महिला टी-२० विश्वकपमा ९ खेलाडी राखेर खेलाउन अनुमति दिएको छ। कोरोनालाई मध्यनजर गर्दै आयोजक समितिले यस्तो निर्णय गरेको हो।

आईसीसीको आयोजक समितिका प्रमुख क्रिस टिटलीले कुनै पनि टोलीमा कोरोना संक्रमण देखिए ९ खेलाडीसहितको टोली पनि मैदान प्रवेश गर्न सक्ने बताए। यस्तो       अवस्थामा टोली व्यवस्थापन वा कोचिङ स्टाफको सदस्यले ‘वैकल्पिक फिल्डर’को रूपमा ‘फिल्डिङ’ गर्न सक्छन्।
cld

‘आवश्यक परेमा हामीले ९ खेलाडीसँग खेल पनि गराउन सक्छौं। टोलीबाट दुईजना महिला सदस्य वा प्रशिक्षक कर्मचारी विकल्पका रूपमा मैदानमा आउन सक्छन्। तर, उनीहरूले बलिङ वा ब्याटिङ गर्न पाउने छैनन्,’ उनले भने।

सबैलाई १५ सदस्यीय टोलीसँगै ३ ‘रिजर्भ’ खेलाडी राख्न अनुमति दिइएको छ। यसबाहेक, आवश्यक भएमा केही खेलहरू सार्न सकिने पनि आईसीसीले जनाएको छ।

‘हामीले टोलीहरूलाई लचिलो हुन आग्रह गरेका छौं। आयोजक समितिले पनि परिस्थिति अनुसार लचिलो हुने प्रयास गर्नेछ। हामी खेल र प्रतियोगिता सबै उचित परिस्थितिमा जारी होस् भन्ने चाहन्छौं,’ टिटलीले भने।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.