
प्रकाश पौडेल, गुलरिया । कर्णाली नदीको बहावले गेरुवा गाउँपालिका –२ बनघुस्रामा तटबन्धन भत्काएपछि तटबन्धन मर्मतका लागि श्रमदान गरेका छन् । नदीको बहावले करिब दुई मिटर तटबन्धन भत्काएपछि स्थानीय नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले तटबन्धन मर्मतका लागि श्रमदान गरेको हुन ।
कर्णाली नदीमा पानीको सतह बढेसँगै बनघुस्रा कटान सुरु भएको छ । नदीले कटान गरेसँगै स्थानीहरू समेत त्रसित बन्न थालेका छन् । कर्णाली नदीले धार परिवर्तन गरेसँगै कर्णाली नदीको पानी कर्णाली भगाँलो भएर बग्छ । भने गेरुवा भगाँलो पानीको बहाव कम हुँदा पनि राजापुर र गेरुवा गाउँपालिका कटानको उच्च जोखिममा परेको हो ।


गेरुवा गाउँपालिका, १ बनघुस्राकी शिला चौधरीले नदीले कटान गरेसँगै दिनरात बस्तीमा पानी पस्छ की भन्ने चिन्ताले सताउने गरेको बताउनु भयो । नदीमा बनेको तटबन्धन भत्किन थालेपछी तटबन्धन बनाउन लागि गाउँबाट श्रमदान गर्न आएको जानकारी दिनुभयो । ‘ तटबन्धन कुन बेला भत्किने हुने चिन्ता छ । त्यसैले भत्किएको ठाउँमा बनाउन आएको छौ ’उहाँले भन्नुभयो ।
कर्णाली नदीले कटान गरिरहेको तटबन्धन भत्किएका नदीको पानी गेरुवा गाउँपालिकाका विभिन्न वस्तीमा पर्ने गेरुवा गाउँपालिकाका विपत् शाखाका प्रमुख कृष्ण सोडारीले बताए । उनले भने, ‘ नदीको पानीले कटान गरिरहेको ठाउँमा रोकथाम गर्न नसकेमा गेरुवा गाउँपालिका, २ र ३ वडाका बनघुस्रा, बनकट्टी, सनकट्टी, हिमालीपुर मुगहवा टिकुलीगढ, लोहारपुर र राजापुर नगपालिका १ को दौलतपुर समेत जोखिममा पर्ने सम्भावना रहेको छ ।’ कर्णाली नदीको बहावले तटबन्धन भत्काएमा दुई पालिका गरी एक हजार भन्दा बढी घर डुबान हुने जोखिम रहेको उहाँले भन्नुभयो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले नदीले कटान गरको ठाउँमा आपतकालीन तटबन्धनका लागि वर्षातमा बोल्डर ( ठूला ढुङ्गा ) नपाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तत्काल तटबन्धन मर्मतका लागि बोरामा माटो नाइलनको डोरी र जालीभित्र बोरा राखेर कटान रोक्न काम गरिएको छ । स्थानीयले नदीले कटान गरेको ठाउँमा गएर श्रमदान गरिरहेको छ । ५ वर्ष अगाडि निर्माण गरिएको तटबन्धन अहिले भत्किएको हो । यसको मर्मतका लागि करिब पाँच करोड रुपैयाँ रकम आवश्यक रहेको छ ।’
नदीको कटान रोक्न नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बलका करिब एक जना र स्थानीय गरी करिब तीन सय जनाले श्रमदान गरिरहेको छन् ।


