
कृष्णसार अनलाइन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अस्पतालमा भर्ना गरिएको छ । पार्टी अध्यक्ष श्रेष्ठलाई छाती दुख्ने समस्या भएपछि काठमाडौंमा स्थित गंगालाल अस्पतालमा भर्ना गरिएको हो ।
गत वर्ष मुटुको शल्यक्रिया गरिएको श्रेष्ठलाई पहिल्यै देखि मुटुमा समस्या थियो । एकासी मुटुमा समस्या देखिए पछि श्रेष्ठलाई उपचारको लागि सोमबार अस्पताल लगिएको थियो । अहिले भने श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।


