
बाँके । अनेरास्ववियु बाँके जिल्ला कमिटीको पहिलो पूर्ण बैठकबाट जिम्मेवारी बाँडफाँड भएको छ ।
अनेरास्ववियु बाँकेका अध्यक्ष दिनेश के.सीले जिम्मेवारी बाँडफाँड हुन बाँकी रहेका पदााधिकारी मध्ये उपाध्यक्षमा विकल भट्टराई, सचिववमा प्रकाश वि.क., कोषाध्यक्षमा विनयकुमार सुनार, सहसचिवहरु विकास विक्रम के.सी., रोशन शाही ठकुरी, निरुता वलीलाई जिम्मेवारी दिएको बताउनु भयो ।
गत फागुन १ गते अनेरास्ववियु बाँकेको १९ औँ जिल्ला अधिवेशन केन्द्रीय उपाध्यक्ष यम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


