bardiyahospital

गिद्ध संरक्षण गर्नका लागि सचेतना मूलक कार्यक्रम

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । विश्वबाट हराउँदै गएको गिद्धको संरक्षण गर्नका लागि विद्यालयमा सचेतना मूलक कार्यक्रम गरिएको छ । प्रकृति संरक्षण क्लब ठाकुरबाबाको आयोजनाका बढैयाताल गाउँपालिकामा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयमा गिद्ध संरक्षण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको हो । 

गिद्ध सिकारी प्रजातिको  चरा हो । तर गिद्धले आफैले मारेर खादैन । मरेका वन्यजन्तुको सिनो खाएर बाच्ने भएकोले गिद्धलाई प्रकृतिका कुचीकार भनिन्छ । विश्वभरि गिद्धका २३ प्रजाति रहेको पाइन्छ । एसियामा नौ प्रजातिको गिद्ध पाइन्छ ।  

cld

एसियामा पाइने नौ प्रजाति नै नेपालमा पाइने प्रकृति संरक्षण क्बलका अध्यक्ष राजन चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुडे गिद्ध र सुन  गिद्ध अतिनै सङ्कटापन्न अवस्थामा पुगेका छन् भने सेतो गिद्ध सङ्कटापन्न अवस्थामा छ । नेपालमा अमेरिकन कालो गिद्ध पनि पछिल्लो समयमा देखिन थालेको छ ।’

उहाँले विद्यालयमा गएर विद्यार्थीलाई गिद्धको महत्व र गिद्ध प्रकृतिका लागि किन आवश्यक छ भन्ने बारेमा जानकारी गराएको जानकारी दिनुभयो । बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरिएको छ । विद्यालय सचेतना कार्यक्रम, गिद्ध गणना, लेख प्रकाशनसम्मको कार्यक्रम गरिने जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका र नेपाल पन्छी संरक्षण संघले कार्यक्रमका लागि सहयोग छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.