bardiyahospital

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्क : पत्रकार महासंघ

Geruwa GIF

कृष्णसार अनलाइन । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिनुभएको छ । 

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्ध गर्दै उहाँले भन्नुभयो,  ‘नागरिकले सूचना आदान प्रदानको अत्यधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो। सहजीकरण माध्यमबाट जानुपर्ने हो, बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भयो।’

cld

महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । ‘डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन । सरकारले निर्णय फिर्ता लिनुपर्छ,उहाँले भन्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वी सुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.