
कृष्णसार अनलाइन। पूर्वसञ्चार मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले देशलाई उत्तर कोरिया बनाउन लागेको टिप्पणी गर्नु भएको छ ।
नेपालमा सामाजिक सञ्जालको सूचिकरण नभए सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रति पूर्व सञ्चार मन्त्री एवम् नेकपा एमालेका नेता बाँस्कोटाले विरोध जनाउनु भएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ – ‘ नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर, सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’ सामाजिक सञ्जालबाट विरोध गर्नु भएको छ ।




