bardiyahospital

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुईजना घाइते 

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका ७ का २० वर्षीय करण गुप्ताको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। 

गुलरिया खैरापुर जाने क्रममा शुक्रबार राती ९ बजे गुलरिया नगरपालिका, ३ स्थित सर्जु नदीको नजिकको पोलमा ठोकिदा गुप्ताको मृत्यु भएको हो भने मोटरसाइकलमा सवार रहेका गुलरिया नगरपालिका ७ का १७ वर्षीय अर्जन गुप्ता र २१ वर्षीय रोहित लोध घाइते रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो ।

cld

घाइतेहरू गुप्ता र लोधको अवस्था सामान्य रहेको छ । मृतक  गुप्ताको शव आजै पोष्टमार्टम हुनेछ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.