
काठमाडौँ । सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी महिलाहरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बिहीबार सुनसरी रामधुनी नगरपालिका – ३ का दिनेश कार्कीलाई पक्राउ गरेको हो ।
कार्कीले सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाउने र महिलाहरूलाई साथी बनाउने गर्दै आएको थिए । कार्कीले सामाजिक सञ्जालमा साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या भन्दै महिलाहरूले प्रहरीमा उजुरी दिएमा थिए । पीडित महिलाहरूको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरी र इलाका प्रहरी कार्यालय पकली सुनसरीको सहयोगमा कार्कीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

आरोपित कार्कीलाई विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन, २०६३ अनुसारको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


