
कृष्णसार अनलाइन । काठमाडौँमा भएको जेनजी आन्दोलनमा सरकारको दमन हुँदा १९ जनाको मृत्यु भएको छ । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्था विरुद्ध भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा सोमबार १९ जनाको मृत्यु भएको छ ।
काठमाडौँ लगायत देशमा मुख्य मुख्य शहरमा भएको आन्दोलनमा सरकार दमन गर्दा १९ जनाको मृत्यु भएको छ । भने देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ रहेको सिभिल अस्पतालमा ३ जना , राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना , एभरेष्ट अस्पतालमा ३ जना , केएमसी अस्पतालमा २ जना , त्रिवि शिक्षण अस्पतालमा १ जना, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यका बाहिर पनि युवाहरूले गरेको आन्दोलनमा प्रहरीको दमन हुँदा त्यस्तै सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।

देशको विकास नहुनमा भष्ट्राचार र पुराना दल भएको भन्दै युवाहरू विरोध स्वतः सडकमा आएका थिए । देशको राजनीति देखेर युवा पुस्ता निराश बन्दै गएका छन् । युवाहरूमा देखिएको निराशका प्रतिफल नै आज काठमाडौँ लगायत देशको विभिन्न ठाउँमा भएको आन्दोलन हो ।


