Division forest_Ads
Barabardiya PSA_Final

नेपाल स्वयंसेवी रक्तदाता समाजकाे रक्तदान कार्यक्रम

Bidhut Notice
Rajapur_Final

प्रकाश पौडेल / बर्दिया । नेपाल स्वयंसेवी रक्तदाता समाज नगर कार्यसमितिको आयोजनामा गुलरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्दिया अस्पताल हाताभित्र रहेको लारी रक्त सञ्चारको भवनमा पहिलो पटक रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष प्रतापकुमार गौतमको प्रमुख अतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदाता समाजका गुलरिया नगर अध्यक्ष वामदेव ज्ञवालीले जिल्लामा कुनै पनि बिरामीलाई रगतको अभाव हुन नदिनलाई समय समयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । साथै रक्तदान कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने गुलरिया नगरपालिका वडा नं. १ अध्यक्ष प्रतापकुमार गौतम, जिल्ला प्रहरी कार्यालय लगाएत सम्पूर्ण रक्तदातालाई धन्यवाद दिनु भएको थियो ।
रक्तसहायक (ल्याब अस्सिटेन्ट) सावित्रि थारुले गरि जम्मा २० पिन्ट रक्तदान गर्नु भएको बताउनु भयो । यस अघि पनि अन्य संघसस्थाले रक्तदान कार्यक्रम गर्दै आएको थारुले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.