bardiyahospital

चोरी डकैती सम्भावना बढेसँगै स्थानीयले गरे रातमा गस्ती

Geruwa GIF

कृष्णसार अनलाइन । बढैयाताल गाउँपालिकाका स्थानीय तथा व्यापारीले रातमा गस्ती सुरु गरेका छन् । जेनजी आन्दोलनका कारण सुरक्षा चुनौती बढेसँगै रातमा चोरी लुटपाटको घटना हुन सक्ने भन्दै स्थानीय तथा व्यापारीले रातमा गस्ती सुरु गरेका हुन ।

जेनजी आन्दोलनको असर बर्दियामा समेत परेको छ । आन्दोलनकारीले गुलरिया नगरपालिका, नेपाली काँग्रेसको पार्टी कार्यालय, नेपाल कम्युनिष्ट पार्टी ( एमाले )को पार्टी कार्यालय र पूर्वमन्त्री एवम् सासद सञ्जयकुमार गौतमको घरमा समेत आगजनी गरेको छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले सुरक्षालाई मध्ये नजर राख्दै कफ्र्यू र निषेधाज्ञा जारी गरेको छ ।

cld

देशको पछिल्लो विकसित घटना क्रमसँगै गाउँ समाजमा गलत नियत बोकेका व्यक्तिहरु रातको समयमा आएर चोरी डकैती तथा लुटपाट गर्ने सक्ने सम्भावनालाई ख्याल गरेर मैनापोखरका स्थानीय तथा व्यापारीले रातमा गस्ती सुरु गरेको स्थानीय व्यापारी ज्ञानेन्द्रराज पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गस्ती टोलीले रातको समयमा बिना काम हिडडुल गर्ने व्यक्ति फेला परेमा नियन्त्रणमा लिई प्रहरी तथा नेपाली सेनालाई बुझाउने छ ।’

देशमा भइरहेको उथलपुथल गर्दा अराजक गतिविधि , तथा लुटपाट चोरी डकैती हुन सक्ने सम्भावना देखिएकाले अवस्था सामान्य नहुँदासम्म रातको समयमा घर बाहिर जानु पर्दा गस्ती टोली तथा प्रहरीसँग अनुमति लिएर मात्र घर बाहिर निस्कन स्थानीयलाई अनुरोध गरेको मैनापोखर बजार व्यवस्थापन समितीका अध्यक्ष टिकाराम कोइरालाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ अहिले अवस्था सामान्य नहुँदासम्म पालैपालो स्थानीय र व्यापारीले गस्ती गर्ने छौ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.