bardiyahospital

१३ हजार एक सय १४ जना कैदी/ थुनुवा फरार, कारागारबाट भाग्ने क्रममा ९ जनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । जेनजी आन्दोलनको क्रममा देशभरका ३१ कारागारबाट १३ हजार एक सय १४ जना कैदी /थुनुवा फरार भएका छन् ।  

कारागारबाट भाग्ने क्रममा ९ जनाको मृत्यु र  २५ जना कैदीबन्दी तथा थुनुवा घाइते भएको छन् । कारागारबाट कैदी भाग्दा कतिपय नागरिकहरू असुरक्षित महसुस गरेका छन् । भने भागेका मध्ये केहीले अपराध गर्न थालेका छन् । कारागारबाट यसरी कैदी / थुनुवा भाग्दा सुरक्षा निकायलाई सुरक्षा चुनौति थपिएको छ । आन्दोलनको क्रममा प्रहरी कार्यालय जल्दा पक्राउ गरिएको अभियुक्तलाई कहाँ राख्ने भन्ने समस्या भएको छ ।

cld

आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दी तथा थुनुवा मध्ये एक हजार दुई सय ९८ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । पछिल्लो समयमा केही कैदीबन्दी तथा थुनुवा प्रहरीको सम्पर्कमा समेत आउन थालेको प्रहरीले जनाएको छ । कारागारबाट भाग्नेमा विदेशी नागरिक समेत रहेका छन् । कारागारबाट भाग्ने क्रममा कैदी /थुनुवा  कारागारमा आगजनी समेत गरेका थिए ।

कारागारबाट भाग्न लाग्दा  बाँकेमा ५ जनाको, रामेछापमा २ जनाको र धादिङमा २ जनाको मृत्यु भएको छ ।  कारागारमा कैदी /थुनुवा र सुरक्षा निकायको बीचमा झडप भएको थियो । 

कुन कारागारमा के भयो ? कहाँ कहाँबाट भागे कैदीबन्दी ? विवरण हेर्नुहोस् । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.