bardiyahospital

प्रगतिशील लेखक संघ बर्दियाको अध्यक्षमा जोशी

Geruwa GIF

बर्दिया (गुलरिया) । प्रगतिशील लेखक संघ नेपाल बर्दिको अध्यक्षमा प्राध्यापक एंव साहित्यकार हरिप्रसाद जोशी चयन हुनु भएको छ । आज गुलरियामा भएको पाँचौँ जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा शेखर दहित, सचिवमा वामदेव ज्ञवाली, कोषाध्यक्षमा प्रकाश पौडेल र सहसचिवमा गीताञ्जली पछल्डङ्गीय रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा कालिराम थारु, निरज बाबु, मानबहादुर चौधरी, शुशिल ज्ञवाली र प्रभात सुवेदी ‘अर्धव्यास’ चयन हुनु भएको छ ।

cld

सम्मेलनको उद्घाटन गर्दै प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश समिति सदस्य शुशिल चौधरीले अहिले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा साहित्यकारहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताउनु भयो ।

संघका अध्यक्ष मुकुन्द वागीले नवनिर्वाचित समितिको कार्यकालको सफलताको शुभकामना दिनुभयो । नवनिर्वाचित अध्यक्ष जोशीले वाम रुझान भएका लेखक तथा साहित्यकारहरुको साझा संस्थालाई अझै प्रभावकारी रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यस्तै सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष मुकुन्द बागी, बजारे थारु (शुसिल) र दशरथ थारु (सुदिन) लाई चयन गरेको सचिव वामदेव ज्ञवालीले बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.