bardiyahospital

वनमा हुनेअवैध गतिविधी हुन नदिन सयुक्त गस्ती

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा स्थानीयले सयुक्त रुपमा गस्ती गर्ने गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रसँग जोडिएको विन्द्रापुरी सामुदायिक वनमा स्थानीय चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, नेपाली सेना, निकुञ्जमा कार्यरत कर्मचारीले सयुक्त रुपमा गस्ती गर्ने गरेको पाइएको हो ।

 बर्खा याम सुरु भएसँगै सामुदायिक वनमा अवैध गतिविधी बढ्न सक्ने भएकोले स्थानीय, युवा, निकुञ्ज र नेपाली सेनाले सयुक्त रुपमा गस्ती गर्दै आएको छ । यसरी सयुक्त रुपमा गस्ती गर्दा वन्यजन्तुको संरक्षण र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा सदस्य राम राज ढकालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बर्दिया विशेष गरी पर्यापर्यटनको सम्भावना भएको ठाउँ हो । त्यसैले पनि जैविक विविधताको संरक्षण र गैरकानुनी क्रियाकलाप रोक्न यसरी गस्ती गर्दै आएको छौँ ।’

cld

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका सदस्य नारायण चौधरीले विन्द्रापुरी सामुदायिक वनमा २० जना स्थानीय र युवाको समुह बनाएर सयुक्त रुपमा गस्ती गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ठाकुरद्दारालाई विश्व माझमा निकुञ्जले चिनाएको छ । तर केही गैरकानुनी काम गर्ने व्यक्तिले वनमा अवैध क्रियाकलाप गर्न नपाउन भनेर गस्ती गरिएको हो ।’

 मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने करिब ३२ सय युवा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा जोडिएको छन् । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.