bardiyahospital

राजापुरमा सचेतनामुलक चित्र प्रर्दशनी सहित ६१ औं राष्ट्रिय बाल दिवस

Geruwa GIF

राजापुर । राजापुरमा सचेतनामुलक चित्र प्रर्दशन गरी ६१ औँ बाल दिवस मनाइएको छ । “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराको साथ ६१ औँ राष्ट्रिय बाल दिवस  मनाईएको हो ।

बाल दिवसको अवसरमा बालबालिकाहरुको अगुवाईमा सचेतनामुलक चित्र प्रर्दशनी कार्यक्रम भएको छ । बालबालिकाहरु ¥याली सहित राजापुर बजार परिक्रममा गरी सचेतनामुलक चित्र प्रर्दशनी गरेका थिए । । बालबालिकाहरुले चित्र बनाएर शिक्षामा लगानी, बाल विवाहको अन्त्य, बाल श्रमको अन्त्य, लागु औषध तथा लागु पदार्थ दुर्व्यसनीको अन्त्य जस्ता विषयको उठान गरेका गरेका छन् ।

cld

दिपज्योती बाल क्लवको अध्यक्ष सृष्टि थारुले बाल अधिकार सुनिश्चित गर्न सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ । त्यसै गरी कोपिला बाल क्लवको अध्यक्ष पुर्णिमा थारुले बालबालिकाहरुमा आज पर्याप्त लगानी गरेमा भोली असल नागरिक हुने बताउदै, “बालबालिकाहरुलाई उचित शिक्षा दिनु आजको अपरिहार्यता हो । उहाँले भन्नु भयो –“ त्यसैले बालबालिकाहरुको शिक्षामा लगानी गरौं ” ।

समुदाय स्तरमा सक्रिय बाल क्लवको अगुवाईमा सचेतनामुलक कार्यक्रम तथा अभियान गर्ने योजना तय गरिएको छ । बाल विवाह अन्त्यका लागि अभियान, बाल श्रमको अन्त्य, गुणस्तरिय तथा निःशुल्क शिक्षामा बालबालिकाहरुको पहुँच, बाल अधिकारको संरक्षण, सरसफाई अभियान, जलवायू परिवर्तन त्यसबाट बालबालिकाहरुलाई पर्ने असर र आम समुदायको भुमिका सम्बन्धी सचेतनामुलक अभियानहरु सशक्त रुपमा उठाई रहेको छ । बाल क्लवको अगुवाईमा बालबालिकाहरुलाई शिक्षामा पहुँच अभिवृद्धि गर्ने, समाजमा रहेको विद्यमान कुप्रथा, कुसंस्कारको अन्त्यको लागि योजनावद्ध रुपमा क्रियाशिल रहेको छ ।

राजापुर नगरपालिका वडा नं. ३ र ४ मा रहेका दिपज्योती बाल क्लव टेडिया, कोपिला बाल क्लव रजपुरुवा, देव बाल क्लव संघर्षनगरको ५६ जना बालबालिकाहरुको उपस्थिती रहेको थियो । एक्सन एड नेपालको आर्थिक सहयोग, कमैया महिला जागरण समाज नेपाल संग को सहकार्य तथा समुदाय स्तरिय बाल क्लवहरुको आयोजनामा राजापुर बर्दियामा सचेतनामुलक चित्र प्रदर्शनी सहित राष्ट्रिय बाल दिवस २०८२ मनाईएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.