bardiyahospital

राष्ट्रपति रामचन्द्र पौडेलद्दारा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Geruwa GIF

कृष्णसार अनलाइन । नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मन्त्रीले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनु भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई  पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । 

cld

पूर्वसचिव खनालले अर्थ मन्त्रालयको, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।     

online dubble sclaed
Leave A Reply

Your email address will not be published.