
प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको सामुदायिक वन आसपासको क्षेत्रमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेको पाइएको छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेको पाइएको हो ।
मध्यवर्ती क्षेत्रसँग सिमाना जोडिएको सामुदायिक वन आसपासको क्षेत्रमा वन्यजन्तुको चोरी शिकार र अवैध गतिविधि हुन नदिन युवाहरूले गस्ती गर्दै आएको छ । चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेना लगायतको टोलीले निकुञ्ज आसपासमा गस्ती गर्दै आएको छ । युवा परिचालन अभियानमा आवद्ध युवाले सामुदायिक वन, मध्यवर्ती क्षेत्र र निकुञ्जमा कसैले शङ्कास्पद गतिविधि गरेमा निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेको छन् ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति सूर्यपटुवाका अध्यक्ष गोविन्द्र थारूले खाता करिडोरमा गस्ती गरिएको बताउनु भयो । ‘ करिडोरको बाटो भएर बाघ, हाती गैँडा आवतजावत गर्ने भएको हुँदा वन्यजन्तुको सुरक्षा र अवैध गतिविधि नहोस् भनेर गस्ती गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘ वन्यजन्तुको गतिविधि बढी हुने मधुवन नगरपालिका वडा नं। १ र २ मा पैदल गस्ती गरिएको हो ।’ वन्यजन्तुको संरक्षण गर्नमा स्थानीयको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
वन्यजन्तुको गर्दाले पछिल्लो समय बर्दिया विश्व माझ परिचित हुँदै गएको छ । भने चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले गरेको कामको बारेमा अध्ययन गर्न पछिल्लो समयमा विदेशी नागरिकहरू समेत आउन थालेका छन् ।



