
_दीपक आचार्य ‘जलन’
कुनै बेला जवानीले तहल्का मच्चाउँछ ।
त्यो आँखाको नानीले तहल्का मच्चाउँछ ।।

नराम्रो न सुन्नै सक्दिनँ म तिम्रो बारेमा
मेरो यस्तो बानीले तहल्का मच्चाउँछ ।।
देशभरीका जम्मा हुन्छन् मिठो लेख्नेहरु
अनि पो राजधानीले तहल्का मच्चाउँछ ।।
बाढीपहिरो सुनामी छाल के के हो के के
अनेक रुपमा पानीले तहल्का मच्चाउँछ ।।
गहिरो प्रेमको नशा मुटुभरि बसाएर
झन् छोडेर जानीले तहल्का मच्चाउँछ ।।


