bardiyahospital

नारी दिवसमा ग्रामिण महिलालाइ आत्मनिर्भर बनाउने तालिम

Geruwa GIF

ऋषि वाग्ले(गोपाल)

राजापुर । 

cld

प्रत्येक वर्ष नारीहरुका नाममा ठुला सभा सम्मेलन हुने गर्दछन तर विपन्न एव पिछडिएका ले सायदै त्यसको प्रतिफल पाउछन होला तर यस पटक बर्दियाको थारु समुदायका केही बस्तीमा अन्र्तराष्ट्रिय नारी दिवस केही फरक तरिकाले मनाईएको छ ।

गाउको बगैंचामा कपी र कलम लिएर भेला भएका तस्विरमा देखिएका महिलाहरुको भिड कुनै औपचारिक बैठक होईन । बिहान बेलुको घरको काम सकेर दिदी बहिनिहरुको सहकार्यमा कसरी रोजगारी सिर्जना गर्ने भन्ने बारेको छलफल हो ।


अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा युनिक नेपाल सस्थाले आफ्नो क्षेत्रमा भएका विपन्न आदिवासी थारु महिलालाइ आत्मनिर्भर बनाउन ३ दिने अचार बनाउने तालिमको आयोजना गरेको छ । उक्त तालिम प्राप्त गरिसके पछि विपन्न परिवारका महिलाहरुले आयआर्जन गरी अरुका लागि रोजगरी सिर्जना गर्ने छन् । महिलाहरुले आँफै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउनका लागि युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले बताउनु भयो ।

गाउ गाउँमै सजिलै पाइने सामाग्रीको प्रयोगगरी घरेलु एव व्यवसायिक प्रयोजनका लागी मिक्स अचार, सुकाएको माछाको अचार लगाएत ९ किसिमको अचार बनाउन तालिम दिइएको छ ।


यस तालिममा आफ्नो उत्पादनलाइ कसरी ब्रान्डिगं गरी ठुला सहर एवं पसलमा बेच्ने र बेच्न पुर्व कम्पनि दर्ता प्रक्रियाको बारेमा पनि सिकाईएको कार्यक्रम अधिकृत डेमनडौराले बताए ।

अचार बनाउने तालिम पाउनु पुर्व आफुहरु दिनको समयमा कामनगरी समय व्यतित गर्ने गरेकोमा अब उक्त समयलाइ सदुपयोग गर्ने र त्यसबाट आयआर्जन गर्ने राजापुर नगरपालिका २ जोतपुरकी अनिता थारुले बताईन् ।

नारी दिवस भनेको महिलालाइ उत्प्रेरित गरि नेतृत्वका लागी तयार पार्नु पनि हो र यो दिवसलाइ उद्दमशिलता सगं जोडेर सिपबिकास एव आय आर्जन गरि राम्रो गुणस्तरिय जिवन व्यतित गर्न सिकाउनु पर्नेमा जोड दिनु पर्दछ । पछिल्लो समयमा नारी दिवसका नाममा देखिएका सरकारी बजेट सक्ने तर वास्तविक महिला सम्म त्यसको पहुच नपुग्ने बेथितीको अन्त्य हुनु पर्दछ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.