
कृष्णसार अनलाइन । धनुषाको विदेह नगरपालिका -३ जोगियाराबाट ४ सय ७५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका -१ का २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुरका १८ वर्षीय किशोर रहेका छन् । वीरेन्द्र बजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धरानबाट गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका -३ जोगियारा स्थित ईट्टा भट्टामा राखेको १९ वटा पोकामा रहेको उक्त गाँजा फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


