
कृष्णसार अनलाइन । संसारमा रहेका वन्यजन्तु मध्ये सबैभन्दा ठूला हात्ती हो । हात्ती एसिया र अफ्रिका महादेशमा पाइन्छ । एसियामा पाइने हात्तीलाई एसियन हात्ती भनिन्छ । भने अफ्रिकामा पाइने हात्तीलाई अफ्रिकन बुस एलिफेन्ड र अफ्रिकन फरेष्ट एलिफेन्ड भनिन्छ । नेपालीमा पाइने हात्ती एसियन हात्ती हो ।
एसियामा नेपाल, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, मलेसिया, लाओस, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम लगायतका १३ देशमा हात्ती पाइन्छ । एसियामा भने सबैभन्दा बढी हात्ती भारतमा रहेको छ ।

हात्ती सामाजिक प्राणी हो । यो समुहमा बस्न मन पराउँछ । एउटा समुहमा कहिलेकाँही एक सय वटासम्म हात्ती देखा पर्छन् । ठूला शरीर भएको हुँदा एउटा बयस्क हात्तीलाई दुई सय केजीसम्म आहारा आवश्यक पर्छ । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत हात्तीविज्ञ डाक्टर अशोक रामले हात्तीका बारेमा रोचक जानकारी दिनु भएको हो । उहाँका अनुसार हात्तीका बारेमा केही रोचक जानकारी प्रस्तृत गरेका छौ ।
केही रोचक जानकारी
– हात्तीको समुहको नेतृत्व सबैभन्दा जेठो पोथी हात्तीले गर्छे । उसैको निर्देशन अनुसार हात्तीको बथान हिड्ने गर्छ । हात्तीको मातृसत्ता अनुशरण गर्छन् ।
– हात्तीको सुँडमा सात देखि १२ लिटरसम्म पानी सञ्चित गरेर राख्दछ ।
– वन्यजन्तु मध्ये हात्तीले सबैभन्दा बुद्धिमान प्राणी हो ।
– हात्तीलाई दुख दिने मान्छेसँग इख राख्छ । वर्षौ पछि भएपनि बदला लिन्छ ।
– हात्तीले एक पटक हिँडेको बाटो कहिले बिसिदैन् ।
– हात्तीले मौसम अनुसार आहारा फेरिफेरि खान्छ ।
– हात्ती आहारा खार्दै १६ देखि १८ घण्टा हिड्न सक्छन् ।
– हात्तीले १५ देखि २० किलोमिटर टाढासम्म रहेको खानेकुरा र पानी पत्ता लगाउन सक्छ ।
– हात्तीले दैनिक ८ देखि १० पटक दिशा गर्छ । एक पटकमा १५ देखि ३० किलोग्रामसम्म दिशा गर्छ । हात्तीले दैनिक १०० देखि १५० केजीसम्म दिशा गर्छ । भने एक पटकमा १५ देखि १८ लिटर पिसाब गर्छ ।
– हात्तीको पाचनशक्ति कमजोर भएको हुँदा खाना पचाउन लागि भएपनि धेरै हिड्ने गर्छ ।
– हात्तीले आफ्नो शरीर हल्लाएर शरीरको तापक्रम घटाउँछ ।
– हात्तीले सुँडको प्रयोग विभिन्न कामको लागि प्रयोग गर्छ । जस्तै पानी पिउन, कुनै बस्तु समाउन, आहारा खान, सास फेर्न, नुहाउन, सुँध्ने, धुलो सफा गर्न, खेल्न, अरुसँग जुध्न, र अरुलाई आक्रमण गर्न हात्तीले सुँडको प्रयोग गर्छ ।


