bardiyahospital

बर्दिया चिनाउन पाउँदा खुसी लाग्छ – प्रकृति पद प्रदर्शक आचार्य

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । कयौँ युवाहरू अवसरको खोजीका गाउँ छोडेर हिँडे । तर ठाकुरबाबा नगरपालिका –९ हात्तीसारका २२ वर्षीय युवा दिनेश आचार्यले गाउँमा अवसर देख्नुभयो  । गाउँमा बस्नु भयो ।  गाउँमै रमाउनु भयो । उहाँले देखेको अवसर थियो –‘देश विदेशबाट आउने पर्यटकलाई घुमाउने ।’ त्यहीँ भएर आचार्यले १८ वर्षको उमेरमा नै प्रकृति पद प्रदर्शक (नेचर गाइड) को तालिम लिनुभयो । र प्रकृति पद प्रदर्शक बन्नुभयो ।

cld

पर्यटक घुमाउने काम बाहेक आचार्य समुदायमा हुने कार्यक्रममा पनि सहभागी बन्नुहुन्छ । देश विदेशमा कान्छो नेचर गाइडका रुपमा चिनिन थाल्नु भएको आचार्य भन्नुहुन्छ, ‘देश विदेशका निकुञ्ज घुम्न आउने पर्यटकलाई बर्दिया चिनाउन पाउँदा खुसी लाग्छ । मानिस जतिसुकै होहल्ला कोलाहलमा बसे पनि प्रकृतिको काखमा पुगेपछि आनन्द महसुस गर्छ । बन्यजन्तु हेर्न र शान्त वातावरण खोज्दै आउने पर्यटकको सङ्ख्या बढ्दै छ ।  त्यहीँ सम्भावना देखेर नेचर गाइड बनेको हुँ ।’

 

आचार्यले निकुञ्जमा घुम्न आउने अमेरिकन, चाइजिन , जापानिज, फ्रान्स जर्मन, भारतीय, नेपाली लगायतको पर्यटक घुमाउने भएको छ । निकुञ्ज आउने पर्यटक मध्ये अधिकांशको चाहना भनेको पाटेबाघ हेर्ने भएको आचार्य  बताउनु हुन्छ । ‘ पाटेबाघ गर्दा पछिल्लो समुदायमा विश्वव्यापी रुपमा चिनिँदै गएपछि निकुञ्ज घुम्ने विदेशी पर्यटक सङ्ख्या बढ्दै गएको छ । भने स्वदेशी पर्यटक पनि जङ्गल सफारी जानुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘ पहिलाको तुलनामा प्रचारप्रसार भइरहेको छ । बर्दियामा अझै पर्यटक भित्राउन प्रचारप्रसार कम भएको हो की भन्ने लाग्छ । पर्यापर्यटन उद्योगको अझै विकास हुन सके देशभित्र रोजगारी अवसर सृजना हुने थियो भन्ने लाग्छ ।’

निकुञ्जमा पर्यटक बढेपछि अझै अवसरका ढोका खुल्छ भन्ने बुझेका आचार्य वन्यजन्तुको संरक्षण गर्ने कामका निरन्तर रुपमा जोडिनु भएको छ । कहिलेकाँही समुदायमा वन्यजन्तुको आएर दुःख दिन थालेपछी आचार्य वन्यजन्तुको गतिविधि नियाल्न क्यामरा जोड्ने काम समेत गर्नुहुन्छ । आचार्यले वन्यजन्तुको संरक्षणका निकुञ्जसँग सहकार्य गरी संरक्षण सम्बन्धी काम समेत गर्दै आउनु भएको छ ।

वन्यजन्तुको संरक्षणका लागि क्यामरा  जडान गर्न आचार्य गुलरिया, बारबर्दिया, मधुवन, गेरुवा, राजापुर क्षेत्रमा समेत जाने गर्नुहुन्छ । आचार्य भन्नुहुन्छ, ‘ चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानको सदस्य भएर  वन्यजन्तु जोगाउने काममा निरन्तर रुपमा लागेको छु । वन्यजन्तु जोगाउने काम निकै चुनौती पूर्ण छ । कतिपय स्थानमा ‘वन्यजन्तु जोगाउनु हुन्न भन्छन्’ यस्तो सुन्दा पीर लाग्छ । वन्यजन्तुले व्यवहार परिवर्तन गर्न सक्दैन् । तर हामीले मानिसले व्यवहार परिवर्तन गर्न सक्छौ । तर हामी व्यवहार परिवर्तन गर्ने पक्षमा छौनौ । त्यहीँ भएर पनि मानव वन्यजन्तु द्वन्द हुन्छ ।’

वन्यजन्तु र मानवको अस्तित्व कुनै न कुनै रुपमा जोडिएको हुन्छ ।  वन्यजन्तुको आवश्यकता महसुस गरेर संसारभर निकुञ्ज र संरक्षण क्षेत्रको निमार्ण गरी वन्यजन्तुको संरक्षण गरिरहेको छन् । निकुञ्जभित्र हुने चोरी सिकार नियन्त्रण गर्नका लागि आचार्य जस्ता युवाहरुको भुमिका समेत महत्वपूर्ण रहेको छ । पर्यटक घुमाउने कामसँगै वन्यजन्तुको संरक्षणमा आचार्यले खेलेको भुमिका उदाहरणीय र प्रशासा योग्य रहेको छ । युवा शक्तिको पहिचार र सही परिचालन गर्न सके आर्थिक रुपमा समृद्ध देश निर्माण गर्न सकिन्छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.