Division forest_Ads
Barista_Training

खोप शिविरको अनुगमन

Geruwa GIF

बर्दिया ।

बर्दियाको गुलरिया र मधुवन नगरपालिकामा सञ्चालनमा रहेका कोभिड १९ विरुद्धको खोप शिविरको अनुगमन गरीएको छ । दलित महिला उत्थान संघ बर्दियाको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय, गुलरिया नगरपालिका पत्रकार लगाएतकाको टोलीले संयुक्त अनुगमन गरेको हो ।

Basgadhi PSA_final

लुथर्न वल्र्ड को सहयोगमा दलित महिला उत्थान संघले सञ्चालन गरेको कोभिड –१९ विरुद्धको खोपमा पहुँच अभिवृद्धि परियोजना अन्र्तगत गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकाका खोप केन्द्रमा अनुगमन गरीएको दलित महिला उत्थान संघकी कार्यक्रम स‌याेजक विष्णु नेपालीले बताउनु भयो ।

दलित महिला उत्थान संघले कोभिड –१९ विरुद्धको खोपको पहुँचका लागि स्थानीय स्तरमा प्रचार प्रसार, स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य सुरक्षा सामाग्री मास्क, स्यानीटाईजर लगाएतका सामाग्री वितरण र खोप राख्नका लागि प्रयोग गरीने कोल्चेन बक्स लगाएतका सामाग्रीहरुको सहयोग गरेको छ ।

त्यसैगरी खोप केन्द्र व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्नुका साथै भोलेन्टियरलाई भत्ता, खाजा नास्ताको समेत व्यवस्था गरीएको छ । त्यसैगरी खाेप लगाउन खटिनुहुने स्वास्थ्यकर्मीलाइ खाजा नास्ता र भत्ताकाे व्यवस्था गरीएकाे छ ।  अपाङ्गता भएका व्यक्तीहरुलाई खोप केन्द्र सम्म ल्याउनका लागि भाडाको व्यवस्था गरीएको कार्यक्रम स‌याेजक नेपालीले बताउनु भयो । बर्दिया जिल्लाका राजापुर नगरपालिका मधुवन नगरपालिका र गुलरिया नगरपालिकाका वडाहरुमा परियोजना सञ्चालनमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.