
कृष्णसार अनलाइन। बर्दिया नदीमा डुबेर बेपत्ता भएका दुईजना बालिकाको शव फेला परेको छ । गुलरिया नगरपालिका- २ संगमबस्तीका १२ वर्षीया निशानी थापा र दुर्गा शाहीको शव बबई नदिमा फेला परेको हो ।
संगमबस्ती नजिकको नदीमा पौडी खेल्न गएका बालिकाहरू बेपत्ता भएपछि स्थानीय र प्रहरीले सोमबार दिनभर खोजी गरेको थियो । हिजो दिनभर खोजी गर्दा पनि बालिकाहरूको अवस्था थाहा नभएपछि प्रहरीले आज बिहानदेखि नै बालिकाहरूको खोजी गरेका थिए । प्रहरीले मंगलबार दिउँसो दुई बजे मात्र बेपत्ता भएको बालिकाको शब घटना स्थल भन्दा दुई सय मिटर अगाडि फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले जानकारी दिनुभयो ।

नदी डुबेर बेपत्ता भएका बालिकाको शब अहिले बर्दिया अस्पतालमा गुलरियामा राखिएको छ। मृतक बालिकाहरूको पोस्टमार्टम आज हुने अस्पतालले जनाएको छ ।


