
कृष्णसार अनलाइन । बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका, ६ धामपुरका ३३ वर्षीय झलक रेग्मीको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार साँझ करिब साढे छ घर नजिक रहेको बासको झ्याङ काट्ने क्रममा रेग्मीलाई करेन्ट लागेको थियो । करेन्ट लागेको सुवेदीलाई उपचारका लागि बाँकेको कोहलपुरमा रहेको कोहलपुर मेडिकल लगिएको थियो ।अस्पतालले सुवेदीलाई साढे बजे मृत घोषण गरेको जिल्ला विपद् समितिका सम्पर्क व्यक्ति बिमल गुरुङले बताउनु भयो ।

मृतकको पोस्टमार्टम बुधबार बर्दिया अस्पतालमा गुलरियामा भएको छ ।


