bardiyahospital

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार दाहाल युएईबाट पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी  धनुषा जनकपुरधाम उपमहानगरपालिका, १६ बस्ने सिन्धुली कमलामाई नगरपालिका, १४ घर भएकी ऐश्वर्या दाहाललाई प्रहरीले पक्राउ हो । 

ठगी मुद्दामा युएईमा पक्राउ परेकी दाहाललाई बिहीबार नेपाल फिर्ता ल्याएको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेकी दाहाललाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी पक्राउ गरेर नेपाल ल्याइएको छ ।  एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८१ चैत २१ गते दाहाल विरुद्ध रेड नोटिस जारी भएको थियो । 

cld

दाहाललाई थप अनुसन्धान र कारवाहीको लागि जिल्ल प्रहरी कार्यालय सुनसरी  पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.