bardiyahospital

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ठाकुरद्वारा नगरपालिका, ९ हात्तीसारकी ४२ वर्षीय सीता खत्रीको मृत्यु भएको हो ।

शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको खेतमा धान खान आएको जङ्गली हात्तीलाई लखेट्न जाने क्रममा हात्तीले आक्रमण गरि खत्रीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट मृत्यु भएकी खत्रीको शवलाई आज पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.