bardiyahospital

नालामा डुबेर एक जनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा नालामा डुबेर एक जनाको मृत्यु भएको छ । नालामा डुबेर बारबर्दिया नगरपालिका– ५ गुमस्ता ६२ वर्षीय फुलाराम थारूको मृत्यु भएको हो। 

छाहारे रोग समेत थारू दिउँसो करिब ४ बजे घर अगाडि नालामा मृत अवस्थामा फेला परेका थिए । नालामा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो । उहाँले भन्नुभयो , ‘मृतक थारूको शवलाई पोस्टमार्टमको लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.