bardiyahospital

बालिका हत्या आरोपमा एकजना पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । गेरुवा गाउँपालिका–५  झबहीकी १० वर्षीया एन्जल देउवाको हत्याको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । बालिका हत्या गरेको आरोपमा गेरुवा गाउँपालिका–५ का समीर तिरुवालाई प्रहरीले आज पक्राउ गरेको हो ।

दसैँको टिकाको भोलिपल्ट १७ असोजमा आफन्तको घरमा बिहेमा जान हिँडेकी बालिका हराएकी थिइन् । बालिका हराएपछि परिवार, आफन्त नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना र स्थानीयले बालिकाको खोजतलास गरेको थिए । बालिकाको खोजी गर्दै जाँदा गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित गणेश सामुदायिक वन नजिक बुढीकुलोको किनारमा बालिकाको हत्या गरी खाल्डो खनी पुरेको अवस्थामा २० असोजमा शब फेला परेको थियो ।  

cld

बालिकाको शव भेटिएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले शंका मानेर खोजतलास गर्दा तिरुवाले १७ असोजमै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालिकाले लगाएको कपडा समेत शवसँगै फेला परेको थियो ।’

 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.