
कृष्णसार अनलाइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र राजकुमार गुप्ता सहित सात जना विरुद्धमा भष्ट्राचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग आयोगले भष्ट्राचार गरेको अभियोगमा पूर्व मन्त्री सहित सात जना विरुद्धमा विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
आयोगले असोज २२ गते भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण पूर्वमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकार मुद्दा परेको छ । भने त्यसैगरी जग्गा व्यवसायी / विचौलिया प्रतिवादी सुजन कुमार तामाङ, खमबहादुर पुन, याम कुमारी गुरुङ र तुल्सीराम बुढामगर विरुद्ध अख्तियारले मुद्दा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता सुरेन्द्र कुमार पौडेलले बताउनु भयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलका तत्कालीन मन्त्री राजकुमार गुप्ताले पदको दुरुपयोग गरी चिरिन्जिवी पौडेललाई सरुवा गरी पुन रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा सरुवा थमौती गराउन ५३ लाख डिल गरेको अडियो बाहिरिएको थियो । भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट हुन लागेको समयमा घर जग्गा व्यवसायी तथा सुकुम्बासी सुजन कुमार तामाङ र याम कुमारी गुरुङ, तुल्सीराम बूढा मगर र खम बहादुर पुनसँगको मिलेमतोमा अध्यक्ष पदमा आफू अनुकुल व्यक्ति नियुक्त गरिदिन भनी पच्चीस लाख रुपैयाँ डिल भएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५ ९ को दफा ३ बमोजिमको कसुरजन्य भएको भनी विशेष अदालत काठमाडौंमा सात जना विरुद्धमा मुद्दा भएको छ ।


