
प्रकाश पौडेल, गुलरिया । बर्दियामा दियो वन व्यवस्थापनको नाममा भइरहेको वन कटानले गर्दा चितुवाको आक्रमणको घटना बढ्दै गइरहेको छ । वन्यजन्तुको प्राकृतिक बासस्थान विनाश भएसँगै चितुवा मानवबस्ती नजिक बस्ने र मानिसलाई आक्रमण गर्ने घटना बढ्दै गइरहेको हो ।
वन जङ्गल वन्यजन्तुको बासस्थान हो । बासस्थान विनाश भएसँगै चितुवा मानव बस्ती नजिक देखिन थालेको छ । डिभिजन वन कार्यालयले दिगो वन व्यवस्थापन गर्ने भन्दै एक वर्षमा १४ हजार छ सय रूख कटान गरेको छ ।

डिभिजन वन कार्यालयको अन्तर्गत पर्ने दुई सय ४१ सामुदायिक वन मध्ये गत आर्थिक वर्ष २०८१ /०८२ मा बनेका एक सय ३६ सामुदायिक कार्ययोजना स्वीकृत गरेर १४ हजार छ सय रूख कटान गरेको छ । यसरी एक पटक हजारौँ रूख कटान गर्दा प्राकृतिक बासस्थान विनाश भएको छ । जसले गर्दा चितुवा मानिस बस्ती नजिक बस्ने र मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेको छ ।
यस अघि कहिले चितुवा नदेखिएको ठाँउमा समेत चितुवा देखिन थालेको हो । चितुवाको आक्रमणको घटना पनि बढ्न थालेको छ । भने चितुवाको आक्रमण बढ्न थालेपछी स्थानीय त्रसित बन्न थालेका छन् । चितुवाले आक्रमण गरी मानिसको मार्ने र घाइते बनाउने घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा भन्दा बढी सामुदायिक वनको आसपासको क्षेत्रमा बढी हुन थालेको छ ।
शनिबार साँझ ५ बजे गुलरिया नगरपालिका, १० रत्नापुरकी ४० वर्षीया किरण कुमारी लोधलाई खेतमा काम गरिरहेको समयमा चितुवाले आक्रमण गरी घाइते बनाइएको छ । घाइते लोधको स्वास्थ्य उपचार बर्दिया अस्पताल गुलरियामा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिनुभयो । भने शुक्रबार बारबर्दिया नगरपालिका, ११ डफैयाकी ४५ वर्षीया जुना चौधरीलाई धान काटिरहेको खेतमा चितुवाले आक्रमण गरेको थियो । घाइतेको स्वास्थ्य उपचार कोहलपुर मेडिकल कलेज कोहलपुरमा भएको थियो ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु र चार जना घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका सिनियर वन अधिकृत शिवबहादुर केसीले बताउनु भयो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा चार जना मृत्यु र १३ जना घाइते र आर्थिक वर्ष २०८०/०८१ एक जनाको मृत्यु र तीन जना घाइते भएको थिए । भने चितुवाको आक्रमणबाट आर्थिक वर्षमा २०७९/०८० मा कसैको मृत्यु भएन तर छ जना घाइते र आर्थिक वर्ष २०७८/०७९ मा एक जनाको मृत्यु र चार जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।
गुलरिया नगरपालिका, १२ का २८ वर्षीय भुपेन्द्र बिसीले कार्यालय प्रमुखको नम्बरमा फोन गर्दा कार्यालयका अन्य कर्मचारीले उठाउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो,, ‘ हाम्रै वडामा पनि चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भयो । चितुवाको आक्रमण मृत्यु भए लगतै कार्यालय प्रमुखको नम्बरमा फोन गर्दा कार्यालय प्रमुखको नम्बर कार्यालयका अन्य कर्मचारीले उठाए । कार्यालय प्रमुखलाई दिनु भन्दा ‘कार्यालय प्रमुखसँग यो नम्बर छैन् भने ’ जवाफ आयो ।’
सरकारले कार्यालय प्रयोजनका लागि कार्यालय प्रमुखलाई दिएको मोबाइल नम्बर ९८५८०२६६७७ कार्यालय प्रमुख विजयराज सुवेदीले आफूले नबोकेर कार्यालयमा रहेको शसस्त्र वन सुरक्षा शाखामा मोबाइल दिनु भएको छ । । जिल्लामा रहेका अन्य कार्यालयले कार्यालय प्रमुखलाई दिएको मोबाइल आफैले बोके पनि डिभिजन कार्यालयमा प्रमुखले भने कार्यालयको नम्बर समेत अरुलाई दिनु भएको छ ।
कार्यालय प्रमुखले दियो वनका लागि वन व्यवस्थापनका कार्ययोजना बनाउने काममा चासो दिए पनि अन्य काममा भने खासै चासो दिएको पाइदैन् । कार्यालय प्रमुख भएर आएको एक वर्ष नपुग्दै एक सय ३६ सामुदायिक वनको कार्ययोजना स्वीकृत गर्न सफल भएको पनि मानव वन्यजन्तु द्वन्द रोकथामका लागि सचेतना मूलक कार्यक्रम गर्नतिर खासै चासो देखाएको पाइदैन् ।


